दफा
अध्यक्ष तथा सदस्यलाई पदबाट हटाउने
(१) दफा ८ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा नेपाल सरकारले अध्यक्ष वा सदस्यलाई पदबाट हटाउन सक्नेछः–
(क) कार्य क्षमताको अभाव भएमा,
(ख) खराब आचरण भएमा,
(ग) इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्य पालन नगरेमा,
(घ) मानसिक सन्तुलन ठीक नभएमा वा मगज बिग्रेमा, वा
(ङ) दूरसञ्चार सेवा वा प्रणाली संचालन गर्ने कुनै फर्म वा संगठित संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वामित्व वा निजी स्वार्थ भएमा ।
(२) उपदफा (१) बमोजिम अध्यक्ष वा सदस्यलाई पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिइनेछ ।